Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतीय महिलासँगको विवाह दर्ता अब स्थानीय तहबाटै

काठमाडौं- नेपालीसँग विवाह गर्ने भारतीय महिला विवाह दर्ताका लागि अब अदालत जानु नपर्ने भएको छ । स्थानीय तहमा सीधै विवाह दर्ता हुने गरी सरकारले कानुन संशोधन गरेको छ । यसअघि नेपालीसँग विवाह गर्ने भारतीयसहित विदेशी महिलाले अदालतबाट विवाह कायम गरेपछि मात्रै स्थानीय तहले विवाह दर्ता गर्ने प्रावधान थियो । सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली, २०७८ संशोधन गरी भारतीय महिलाको हकमा विशेष व्यवस्था गरेको थियो ।

नियमावलीको नियम १६ (६) मा संशोधन गरी भनिएको छ– ‘… तर नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिकबीच भएको विवाहको हकमा विवाह भएको यकिन हुने प्रमाण राखी सूचना दिन सकिनेछ र यसरी विवाह सूचना दिइएकोमा सम्बन्धित स्थानीय पञ्जिकाधिकारीले विवाह भएको यकिन गरी विवाह दर्ता गरिदिन सक्नेछ ।’ 

तराईका जिल्लामा नेपाली र भारतीयबीच बिहेवारी चल्ने, तर विवाह दर्ता प्रक्रिया खर्चिलो र झन्झटिलो भएको गुनासोपछि नियमावली संशोधन भएको थियो । नियमावली संशोधनको सूचना सोमबार राजपत्रमा प्रकाशित भएको हो । तराईका जिल्लामा देखिएको समस्या समाधान गर्नकै लागि नियमावली संशोधन गरिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताए ।

कमजोर आर्थिक अवस्था भएकाले त वकिल राखेर अदालत धाउनुपर्ने हुँदा विवाह दर्ता नै नहुने अवस्था थियो । यही अवस्थालाई सहज बनाउन नियमावली संशोधन गरिएको हो । तर, नियमावली संशोधनमा भारतीय महिला भनेर उल्लेख नगरी नेपाल प्रवेश गर्न भिसा आवश्यक नहुने मुलुकका महिलालाई यस्तो सुविधा दिने उल्लेख छ । नेपालमा आउन भिसा आवश्यक नहुने देश भारत मात्रै हो ।

नियमावलीको नियम १६ (६) मा संशोधन गरी भनिएको छ, ‘… तर नेपाल प्रवेश गर्न भिसा आवश्यक नपर्ने मुलुकको महिला र नेपाली नागरिकबीच भएको विवाहको हकमा विवाह भएको यकिन हुने प्रमाण राखी सूचना दिन सकिनेछ र यसरी विवाह सूचना दिइएकोमा सम्बन्धित स्थानीय पञ्जाकाधिकारीले विवाह भएको यकिन गरी विवाह दर्ता गरिदिन सक्नेछ ।’ अन्य देशका नागरिकको हकमा भने कूटनीतिक नियोगबाट प्रमाणीकरणसहित निवेदन दिनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP