Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

नेपालमा पहिलो पटक एपमार्फत चरा गणना गरिँदै

कञ्चनपुर : कञ्चनपुरसहित देशका ६६ जिल्लामा फागुन ७ गतेदेखि एकै साथ ‘छिमेकी चरा’ नामक एपको माध्यमबाट चरा गणना हुने भएको छ। नेपाल पंक्षी संरक्षण संघले एपमार्फत नेपालमा पहिलो पटक चरा गणना गर्न लागेको हो।

संघका चरा विज्ञ हिरुलाल डगौराले स्वयंसेवक खटाएर चरा गणना गरिने बताए। स्वयंसेवकहरूले मोबाइल फोनमा एप डाउनलोड गरी विभिन्न ठाउँमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरेपछि अभिलेखीकरण गरिने उनले बताए।

‘मोबाइलमा छिमेकी चरा एप स्वयंसेवकहरुले डाउनलोड गरी घर नजिकै, छरछिमेक, गल्ली, विद्यालय, पार्कलगायत क्षेत्रमा पाइने चराको फोटो खिचेर एपमा अपलोड गरी अभिलेखीकरण हुन्छ‚’ डगौराले भने, ‘एपमै प्रदेश, जिल्ला, स्थानीय तह राखिएको छ। स्वयंसेवकले आफू बसेकै ठाउँबाट चराको प्रजातिसँगै संख्यासहित एपमा फोटो अपलोड गर्छन्।’

पहिलो चरणमा फागुन ७ गते स्वयंसेवकमार्फत आधा घण्टा चरा गणना गरिने चराविद् डगौराले बताए। त्यसको विश्लेषण गरी दोस्रो चरणको मिति तय हुने उनको भनाइ छ। डगौराले स्वयंसेवकले एपमार्फत पठाएका फोटोको आधारमा नतिजा स्थानीय सञ्चार माध्यम र वर्डलाइफ नेपालको वेबसाइटमा सार्वजनिक गरिने बताए।

चरा गणनका लागि दुई महिनाअघि नै तयारी थालिएका उनले जानकारी दिए। डगौराका अनुसार गणनाका लागि एक हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिने छ। यसअघि चरा गणनाका लागि चरा संरक्षणको क्षेत्रमा क्रियाशीलहरुलाई मात्रै समावेश गरिँदै आएकोमा यस पटक स्थानीयवासीलाई समेत समावेश गरिएको छ।

चराको महत्त्व दर्शाउन, छरछिमेकलाई चरामैत्री बनाउन र चरा संरक्षणबारे सर्वसाधारणलाई सचेत गर्न एपमार्फत चरा गणनाको कार्य हुन लागेको विज्ञ डगौराको भनाइ छ। एपमा नेपालमा पाइने चराको सूची राखिएको छ। सामाजिक सञ्जाल फेसबुकमा छिमेकी चरा पेज फलो गर्न सकिने र युट्युबमा एप निर्देशन भिडियो हेर्न सकिने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP