तनहुँ : देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भीरबाट खसेर मृत्यु भएको छ। वडा कार्यालयबाट घर फर्किने क्रममा भीरबाट खसेर वडाध्यक्ष आलेको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीवार वडा कार्यालय सकेर घर फर्किंदै गरेका आलेको भीरबाट खसेको अवस्थामा आइतवार शव फेला परेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक एकनारायण पोख्रेलले जानकारी दिए। उनका अनुसार वडाध्यक्ष शवको भीरबाट तल ३०/४० मिटर तल खसेको थियो। वडाध्यक्ष आले बिहीबारदेखि घर नफर्किएको परिवारलाई उद्धृत गर्दै प्रहरी नायब निरीक्षक पोख्रेलले बताए।
‘वडा कार्यालयबाट निस्किए पनि उहाँ बिहीबारदेखि घर पुग्नुभएको रहेनछ,’ उनले भने‚ ‘आज भिरबाट लडेको अवस्थामा शव भेटियो।’
प्रहरी नायब उपरीक्षक पोख्रेलका अनुसार शवको मुचुल्का गरेर शवपरीक्षणका लागि दमौली अस्पताल पठाउने तयारी गरिएको छ। वडाध्यक्ष थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
गाउँपालिकामा शोक बिदा
वडाध्यक्ष एवं कार्यपालिका सदस्य आलेको निधनमा गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले फागुन १६ गते शोक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्षस्तरीय निर्णयबाट शोक बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए। उक्त दिन गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालय बन्द रहने गाउँपालिकाले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया