काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ६८ जनामा काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २९ जनाको नमुना परीक्षण गर्दा ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ३८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ६ हजार चार सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा ८८ हजार पाँच सय ६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया