काठमाण्डाै – भक्तपुरमा श्रीमान्ले श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षका श्याम गुभाजुले ६० वर्षकी श्रीमतीलाई कुटपिट गरी तेजाब प्रहार गरेका प्रहरीले जनाएको छ ।
तेजाब प्रहारबाट घाइते भएकी उहाँलाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारका लागि लगिएको छ । तेजाब छ्याप्ने गुभाजुलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया