Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

मान्छे मारेर बहराइन भागेका प्रतिवादी १६ वर्षपछि समातिए

पर्वत : कर्तव्य ज्यान मुद्दाका एकजना फरार प्रतिवादीलाई घटना भएको १६ वर्षपछि इन्टरपोलको सहयोगको पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार कास्कीको पोखरा महानगरपालिका–३२ का अशोक गुरुङले २०६३ साल वैशाख २९ गते घटना घटाएका थिए।

सुनसरीको  धरान घर भई पोखरा महानगरपालिका–३२ सात मुहानेस्थित खुदिखोलामा ग्याबिन जाली भर्ने काम गरिरहेका २० वर्षिय रोजन राईलाई कुटपिट गरी घाइते बनाएका थिए। घाइते राईको उपचारको क्रममा २०६३ साल जेठ दुई गते मृत्यु भएको थियो।

शङ्का गरिएका ४६ वर्षीय गुरुङलाई पक्राउ गर्नको लागि कास्की जिल्ला अदालतबाट गत असोज ६ गते अनुमति लिइएको थियो। प्रतिवादी अशोकलाई पक्राउ गर्नको लागि नेपाल प्रहरीले असोज १२ मा इन्टरपोल शाखामा ‘रेड नोटिस’ जारी गर्ने लगायतको लागि पक्राउ अनुमति पठाएको थियो।

सोहीअनुसार गत मङ्सिर २७ मा इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी गरेर उनको खोजी भएको थियो। घटनामा संलग्न गुरुङ घटनापश्चात् २०६३ सालमा वैदेशिक रोजगारीको सिलसिलामा बहराइन गएको थाहा पाएपछि कास्की प्रहरीले उनीविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पनि खोजतलास सुरु गरेको थियो।

डिएसपी तिवारीका अनुसार अशोकलाई सुपुर्दगीमार्फत नेपाल झिकाई कानुनबमोजिम कारबाही गर्नको लागि कास्की जिल्ला अदालतबाट मिसिल प्रमाणित गरेर इन्टरपोल शाखामा पठाइएको थियो।

प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरी टोलीले उनलाई मंगललबार महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौँ ल्याएर राखेको थियो।

मङ्गलवार नै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले गुरुङलाई महानगरीय प्रहरी वृत्तबाट बुझेर कास्की ल्याएको हो। उनलाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।

त्यो बेलाको लाश जाँच मुचुल्कामा राईको दायाँ हातको कुम र पाखुरामा छाला खुइलिएको र घस्रिएको चोट तथा टाउकाको बायाँतर्फ १३ वटा टाँका लगाएको चोट भएको भन्ने उल्लेख छ।

पोस्टमार्टम प्रतिवेदनमा टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको लेखिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP