Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

हट्यो सुन्दरबजारको अनिश्चितकालीन निषेधाज्ञा

लमजुङ : गण्डकी प्रदेशअन्तर्गत लमजुङ सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा बुधबार बिहान ६ बजेदेखि जारी अनिश्चितकालनीन निषेधाज्ञा हटेको छ। विद्यार्थीको मृत्युको विषयलाई लिएर पीडित पक्षधरले आन्दोलन चर्काएपछि जारी निषेधाज्ञा जारी गरिएको थियो।

पीडित पक्षले  कानुनविपरीत कुनै क्रियाकलाप नगर्ने र कानुनबमोजिम अघि बढ्ने सहमति गरेपछि गएराराति ९ बजेदेखि निषेधाज्ञा हटाइएको हो। सुन्दरबजार–९ स्थित मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्यूचर स्टार आवासीय माध्यमिक विद्यालय कक्षा १० मा अध्यनरत तनहुँ भानु नगरपालिका वडा नं ९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएपश्चात् उत्पन्न विषम परिस्थितिलाई मध्यनजगर गर्दै निषेधाज्ञा गरिएको थियो।

परिस्थितिलाई सामान्य बनाएर कानुनअनुसार अघि बढ्ने सहमति पीडित पक्षधरसँग भएसँगै निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए।

उनले भने, “सो क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफाबमोजिम सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मस्र्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिका–९ को मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रको विद्युत् केन्द्रको आवास क्षेत्रको गेट अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चारकिल्ला क्षेत्रमा जारी निषेधाज्ञा हटेको छ। ”

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP