Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कोरोना भाइरस नियन्त्रणप्रति गम्भिर छैनन् निजी अस्पताल, अन्य रोगका बिरामी समते हेर्न मान्दैनन्

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् ।

सरकारले निजी क्षेत्रका अस्पतालसँग कोरोना उपचारबारे पटक पटक छलफल गर्नुका साथै ती अस्पताल र चिकित्सकलाई विभिन्न सुविधा दिने घोषणा पनि गरिसकेको छ । सोमबारकोे मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी चिकित्सकसरह नै सुविधा दिने निर्णय गरेको छ । तथापि निजी क्षेत्रका अस्पताल उपचार गर्न उत्साहित छैनन्।

चीनमा कोरोना भाइरसको महामारी शुरू भएदेखि नै सरकारले निजी क्षेत्रका अस्पताललाई सतर्क रहन निर्देशन दिएको थियो । पाटन अस्पतालले माघ १३ गते नै निजी तथा सरकारी अस्पतालसँग छलफल गरी तयारी अवस्थामा रहन आग्रह गरिसकेको थियो ।

त्यसपछि पनि स्वास्थ्य मन्त्रालयदेखि अन्य निकायले निजी अस्पतालको निरन्तर सम्पर्कमा रही छलफल गरिरहेका छन् । तर अधिकांश अस्पतालले अझै ढिलासुस्ती गर्दै आएका छन् । कतिपय अस्पताल त सुनसान र बन्द अवस्थामा छन् । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भर्नासमेत लिन मानेका छैनन् । तीनकुनेस्थित कान्तिपुर अस्पतालमा सोमबार एक आफन्तलाई ज्वरो आएको छ, जँचाउनु छ, ल्याऊँ कि नल्याऊँ भनी रिसेप्सनमा सोध्दा आकस्मिक कक्षमा गएर बुझ्न भनियो ।

आकस्मिक कक्षमा बुझ्न जाँदा शुरू मा कति ज्वरो छ, कुन देशबाट आएको हो, कति दिनदेखि ज्वरो आएको छ, सबै कुरा सोधेपछि ज्वरो हेर्ने डाक्टर नै आएको छैन भनेर फर्काइयो । त्यस्तै बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको चेनगेट नै लागेको थियो । भित्र कर्मचारी थिए ।

उनीहरूलाई पनि ज्वरोको बिरामी जँचाउनु छ भनी सोध्दा त्यहाँबाट त सीधै यहाँ अहिले डाक्टर नै छैनन् भन्ने जवाफ दिइयो । ग्वार्कोमा रहेको ग्लोबल अस्पताल पनि बेखबर जस्तो देखियो । अस्पताल सुनसान थियो । रिसेप्सनमा सोध्दा अस्पतालमा कोरोना भाइरस भएका कुनै बिरामी नै नआएको र जाँच्ने तथा उपचार गर्ने तयारी पनि नरहेको जानकारी दिइयो । डाक्टरहरू पनि अस्पताल आउन नचाहेको रिसेप्सनबाट जानकारी प्राप्त भयो ।

र्कोमै रहेको बीएन्डबी अस्पतालले भने ज्वरो क्लिनिक सञ्चालन गरेको छ । अस्पतालले शुरूदेखि नै तीन बेडको आइसोलेसन वार्ड सञ्चालन गर्दै आइरहेको जानकारी सो अस्पतालकी डा. सरिता पाण्डेले दिइन् ।

कोभिड–१९ बिरामीका बारेमा सो अस्पतालले सम्पर्क व्यक्तिका रूपमा डाक्टर पाण्डेलाई तोकेको छ । उहाँका अनुसार अस्पतालले प्लान ‘सी’अनुसार आइसोलेसन वार्ड तयारी गरिरहेको छ । सो अस्पतालले अध्ययन अध्यापन गराउँदै आएको बीएमआईमा छुट्टै आइसोलेसन वार्ड तयारी गरिरहेको छ ।

उहाँले भन्नुभयो, ’सरकारले भनेअनुसार हामी पूर्ण तयारी अवस्थामा छौँ । कोरोनासम्बन्धी बिरामी आए भने हामीले भीटीएम (नमुना राखेर टेकु पठाउने) पनि तयारी अवस्थामा राखेका छौँ ।’ निजी अस्पताल सङ्घका उपाध्यक्ष कुमार थापाले निजी क्षेत्रका अस्पताल काम गर्ने तयारी अवस्थामा छन् तर त्यसअनुसारको सुविधा सरकारले दिनुपर्ने बताउनुभयो।

सरकारले एउटा पीपीई दिन सकेको छैन भने अस्पताल र डाक्टरको अन्य सुरक्षा के गर्ला भन्दै निजी अस्पतालले आफ्नो क्षमताअनुसार काम गरिरहेको दाबी उहाँले गर्नुभयो। गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP