Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

इ-सेवाविरुद्ध अदालतमा मुध्दा दर्ता

उपभोक्तालाई ठगेको आरोपमा इ-सेवाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ । इ- सेवाले विभिन्न बहानामा आफ्नो रकम होल्ड गरेर उपभोक्ता अधिकारको हनन गरेको भन्दै अधिवक्ता तीर्थराज भट्टराईले मुद्दा हालेका हुन् ।

भट्टराईका अनुसार होल्ड भएको रकम इ-सेवालाई बारम्बार फलोअप गरेर मुस्किलले दुई महिनामा फिर्ता भएको थियो । इ- सेवाको अकर्मण्यताका कारण रकम होल्ड हुनु उपभोक्ता अधिकारविरुद्द भएको र त्यसबाट आफूलाई नोक्सान पुगेको उनको दाबी छ ।

त्यसविरुद्ध मनासिब क्षतिपूर्ति माग गर्दै इ- सेवालाई लिगल नोटिससमेत पठाएका उनले राष्ट्र बैंकमा पनि उजुरी दिएका थिए । तर, कतैबाट पनि गुनासो सुनुवाई नभएको भन्दै अधिवक्ता भट्टराईले अदालत जानु परेको बताएका छन् । क्षतिपूर्तिको मागसहित आज इ- सेवाविरुद्द जिल्ला अदालतमा मुद्दा दर्ता गराएको उनले बताए ।

इ- सेवाले विभिन्न बहानामा यसरी रकम होल्ड गर्ने कुरा अहिले सामान्यजस्तै भइसकेको भन्दै उनले यसबाट धेरै प्रयोगकर्ता पीडित भएको दाबी पनि गरेका छन् ।

इ-सेवाका समग्र प्रयोगकर्ताको उपभोक्ता अधिकारको संरक्षण तथा उपभोक्ता सचेतना वृद्धि गराउनका साथै गलत गर्नेले कानूनको अभावमा आफ्नो दायित्वबाट उन्मुक्ति नपाउने अवस्थाका लागि मुद्दा दर्ता गराएको पनि अधिवक्ता भट्टराईले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP