Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

मुख्य रजिस्ट्रारलाई न्यायाधीश सिफारिसको निर्णय विवादमा

काठमाडौं । न्यायपरिषदको २६ फागुनको बैठकले गरेको न्यायाधीश नियुक्ति सिफारिस विवादमा परेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अधयक्षतामा बसेको न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सो निर्णयको सर्वोच्च अदालतका कर्मचारीहरुले नै विरोध गरेका छन् ।

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद उच्च अदालतको मुख्य न्यायाधीश सरह मानिन्छ । कामु प्रधानन्याधीश कार्कीको नेतृत्वको परिषद बैठकले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा मात्रै सिफारिस गरेपछि निर्णय विवादमा परेको हो ।

न्यायपरिषदका एक सदस्यले कामू प्रधानन्यायाधीश कार्कीमाथि असहयोग गरेका कारण कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको बताए ।

‘उहाँ प्रशासनको नेतृत्व गरेको मान्छे राजनीतिक रुपमा प्रस्तुत भएकाले उच्चमा सिफारिस भएको हो’ ती सदस्यले भने । उनका अनुसार, दिपायलमा दरबन्दी भई उच्च अदालत पाटनमा काजमा रहेका मुख्य न्यायाधीश नृपध्वज निरौलाको पनि काज फिर्ताको निर्णय भएको छ ।

मुख्य रजिष्ट्रार कुँवरले आफ्नो इच्छा विपरीत नाम सिफारिस भएकाले उच्च अदालतको न्यायाधीश पदमा नियुक्ति नलिने अडान राखेको सर्वोच्च अदालतस्रोतले बतायो । उनी मुख्य न्यायाधीश नियुक्ति भएको अवस्था बाहेक न्यायाधीश भएर नजाने बरु मुख्य रजिष्ट्रारको रुपमा काम गर्ने अडानमा छन् । उनको पदावधि अझै दुई वर्ष बाँकी छ ।

कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएपछि सर्वोच्च अदालतका कर्मचारीहरुले नै कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेर विरोध गरेका छन् ।

उनीहरुले मुख्य रजिष्ट्रारलाई उच्च अदालतको न्यायाधीशमा पठाएर समग्र कर्मचारीको भावनामा प्रहार गरेको भन्दै विरोध गरेका हुन् । मुख्य रजिष्ट्रार कुँवरको अनिच्छाका कारण उनको नाम सिफारिस भएपनि नियुक्ति हुन सकेको छैन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP