Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

उपभोक्ता सधैँ मारमा, उपभोक्ता अधिकार व्यवहारमा लागू हुन सकेन

काठमाण्डाै – आज विश्व उपभोक्ता अधिकार दिवस । उपभोक्ता हितका विषयमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९६२ को मार्च १५ तारिखमा  अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर यो दिवस मनाइन्छ । तर, हरेक वर्ष दिवस मनाइरहे पनि उपभोक्ताको पक्षमा प्रभावकारी काम हुन सकेको छैन । नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूत गरेको भए पनि ती अधिकार व्यवहारमा लागू हुन सकेको छैन ।

उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेका छन् । उपभोक्ताले मूल्य तिरेअनुसारको सेवा, गुणस्तर पाउनुपर्ने अधिकार कुण्ठित हुँदै आएको छ। उपभोक्ता अधिकार जोगाउन सरकारी संयन्त्र पनि उदासिन छन् । यसले गर्दा बजारमा खाद्य वस्तुमा मिसावट र कालो बजारी बढ्दै गएको छ ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले  उपभोक्ताहरु मूल्य, गुणस्तर र नापतौलमा ठगिँदै आए पनि यसको नियमन, विश्लेषण र निर्धारण गर्ने राज्यको संयन्त्रले काम नगरेको बताउनुहुन्छ ।

उपभोक्ता हित कायम गर्न बनेका कानुन मात्रै पालना हुने हो भने पनि उपभोक्ता ठगिनेबाट जोगिने उहाँको भनाइ छ । बजारमा विधिको शासन र कानुनी राज्यको अनुभूति गराउन सरकारले गर्नुपर्ने काम नगर्दा बजारमा लुटतन्त्र मच्चिएको तिमिल्सिनाको आरोप छ ।

अहिले रुस र युक्रेनको युद्धका कारण बजारमा महँगी झनै बढेको छ । जथाभाबी मूल्यवृद्धि बढ्दासमेत अनुगमन हुन नसकेको र भएका अनुगमन पनि नाम मात्रैका भएका उपभोक्ताको गुनासो छ । तर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने हरेक दिन अनुगमन गरी दोषीलाई कारबाही गर्ने गरेको दाबी गर्दै आएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP