Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न निर्देशन

काठमाडौं -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको हो । 

केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथमिकता दिन आवश्यक भएकाले शैक्षिक सत्र २०७८ को चैत मसान्तसम्मको पूरै अवधि विद्यालयले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ । यसका साथै, एसईई परीक्षा वैशाख ९ बाट सुरु हुने भएकाले स्थानीय तहले कक्षा ८ को परीक्षा पनि वैशाखमा नै अनुकुल समयमा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । साथै, विद्यालयहरूले नयाँ शैक्षिक सत्र पनि वैशाखमा नै सुरु गर्नुपर्ने उल्लेख गरिएको छ । भने, जेठ १ गतेबाट पठनपाठन पनि सुरु गर्नुपर्नेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP