Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

होलीका नाममा जथाभाबी लोला हान्नेलाई तत्काल पक्राउ गरी कारबाही गरिने

भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभाबी रुपमा गैरकानुनी कार्य गर्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले कसैको इच्छा विपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी गाडीबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गर्नेलाई कारबाही गर्न निर्देशन दिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पर्वका नाममा कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गर्नु भएको छ । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उहाँले बताउनुभयो।

सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उहाँले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गरी सभ्य, भव्य तथा सु-संस्कृतिरुपमा मनाउन आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP