Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गाडीको ठक्करबाट २ जना पैदल यात्रुको मृत्यु

रौतहट-रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठक्करबाट २ जना युवकको मृत्यु भएको छ । बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिकअपले गएराति साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको हो ।  मृत्यु हुनेमा बृन्दाबन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका बर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ बर्षिय हरि कुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् ।

ठक्कर लागि गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा  स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट  भरतपुर जाने क्रममा राति नै मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए । ठक्कर दिने गाडी चालक मौलापुरका  संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका  कुन्दन पाण्डे पक्राउ परेको डिएसपी भण्डारीले बताएका छन् ।

मृतकका आफन्तहरुले शवहरु हर्साहा चौकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरि चन्द्रनिगाहापुरबाट गौर जाने गाडीहरुलाई वैकल्पिक बाटोको प्रयोग गराइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP