Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

नेपालबाट विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ : मन्त्री भुसाल

परासी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा खपत हुन नसकेको विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको बताउनुभएको छ । उहाँले जलविद्युत्मा लगानी गर्न निजी क्षेत्रलाई आह्वान पनि गर्नुभयो । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ मा निर्माण भएको २२०/१३२ केभी न्यू बुटवल सबस्टेशनको आज उद्घाटन गर्दै मन्त्री भुसालले भन्नुभयो, “दुई वर्षभित्र सबै ठाउँमा विद्युत्को पहुँच पुर्‍याउने योजनाका साथ सरकार अघि बढेको छ, अहिले सबै क्षेत्रले विद्युत् उपभोग गर्न सक्ने वातावरण बनेको छ, अहिले उत्पादन भइरहेको विद्युत् बर्खामा खेर जाने गरेको छ, यसका लागि अन्तर्राष्ट्रिय बजारमा व्यापार गर्नुपर्ने अवस्था छ ।”

मन्त्री भुसालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गइरहेको र ऊर्जा सङ्कट समाधान गर्न विद्युतीय उपकरणको प्रयोगमा जोड दिनुभयो । न्यू बुटवल सबस्टेशनको निर्माणले अब झ्यापझ्याप विद्युत् जाने समस्या समाधान हुने र गुणस्तरीय विद्युत् उपभोगमा टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सरकार र एसियाली विकास बैङ्कको ऋण सहयोगमा न्यू बुटवल सबस्टेशन निर्माण गरिएको बताउनुभयो । अहिले सम्पन्न भएको १३२ र २२० केभीसम्मको संरचनाले पर्वतस्थित कुश्मा सबस्टेशन, चितवनस्थित भरतपुर सबस्टेशन, रुपन्देहीस्थित बुटवल सबस्टेशन र बर्दघाट सबस्टेशनसँग कनेक्टिभिटी प्रदान गर्ने उहाँले बताउनुभयो । कालीगण्डकी नदी र त्यस आसपासका नदीहरूबाट मुस्ताङ, म्याग्दी र पर्वत जिल्लामा उत्पादन हुने विद्युत्लाई कुश्मा सबस्टेशनमार्फत यस सबस्टेशनसम्म ल्याई अन्य जडित सबस्टेशनमा आपूर्ति हुने बताइएको छ ।

आगामी दिनमा यस न्यू बुटवल सबस्टेशन विस्तार गरी ३३ र ११ केभीका संरचना तयार गरी त्यसमार्फत यस क्षेत्रमा विकास हुँदै गरेका औद्योगिक ग्राहक तथा स्थानीय क्षेत्रका गार्हस्थ्य उपभोक्ताका लागि गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने योजना रहेकाले सोहीमार्फत स्थानीय विद्युत्को माग सम्बोधन हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

यस सबस्टेशनसँगै बन्ने ४०० केभीको संरचनाले अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपालको विद्युत् भारततर्फ निर्यात गर्ने बाटो खुल्ने न्यू बुटवल सबस्टेशन आयोजना प्रमुख विश्वरञ्जन मिश्रले जानकारी दिनुभयो । सन् २०१७ नोभेम्बरबाट निर्माण सुरु भएको यो सबस्टेशन रु एक अर्ब पाँच करोडमा निर्माण सम्पन्न भएको आयोजना प्रमुख मिश्रले बताउनुभयो ।

नर्वेली राजदूत टोरुन ड्रम्डलले नेपालको अन्तरदेशीय प्रसारण लाइन विकासका लागि नर्वेले सहयोग गरेको बताउनुभयो । एडिबी नेपाल मिसनका प्रमुख रुडी भान डोयलले अन्तरदेशीय प्रसारण लाइनको विकासबाट नेपाल विद्युत्मा आत्मनिर्भर भई निर्यात गर्न सफल हुने विश्वास गरेको बताउनुभयो । रासस

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP