Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

वडा अध्यक्ष कुरसाङ लामाको निधन 

सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिका–६ कपिलाकोटका वडा अध्यक्ष कुरसाङ लामाको निधन भएको छ।

सोमबार दिउँसो वडा कार्यालयमै बसिरहेका बेला एक्कासि उच्च रक्तचाप (ब्लड प्रेसर) का कारण हर्टअट्याक भएर वडाअध्यक्ष लामाको ४३ वर्षको उमेरमा निधन भएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिए।

वडा अध्यक्ष लामा वडा कार्यालयको आफ्नै कुर्सीमा बसी रहेको अवस्थामा अचानक हर्टअट्याक भएर निधन भएको गाउँपालिका अध्यक्ष बम्जनले बताए।

दिउँसो वडा कार्यालयमा भएको बैठक सकिएपछि होटलमा खाजा खाई पुन फर्केर वडा कार्यालयमा गएर बसेको केही समयपछि वडा अध्यक्ष लामो निधन भएको मरिण गाउँपालिका–६ का वडा सदस्य हर्कवीर माझीले जानकारी दिए।

वडा अध्यक्ष लामा आफ्नै टेबलमा लडेपछि उठाएर वडा कार्यालय नजिकै रहेको कपिलाकोट प्राथमिक स्वास्थ्य चौकीमा पुर्‍याउनु अघि नै निधन भएको वडा सदस्य माझीले बताए।

मरिण गाउँपालिका–६ बाँझडाँडा घर भएका वडा अध्यक्ष लामा वि.स. २०७४ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उममेद्वार बनेर निर्वाचित भएका थिए।

लामाको एक श्रीमती र पाँचजना छोरा छन्। वडा अध्यक्ष लामाको निधनप्रति गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले दु:ख व्यक्त गरेका छन्।

लामाको निधनप्रति दुःख व्यक्त गर्दै गाउँकार्यापालिकाको आकस्मिक बैठक बसेर एक मिनेट श्रद्धान्जली अर्पण गरेको छ।

साथै बैठकले वडा अध्यक्ष लामाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ भने भोलि गाउँपालिकाको कार्यालय र सात वटै वडा कार्यालयहरू बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बम्जनले बताए।

लामाको भोलि बौद्ध संस्कृतिअनुसार अन्तिम दाहसंस्कार गरिने बताइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP