Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

लेटाङको अवस्था सामान्य बन्दै, पक्राउ परेका २२ जनामाथि अनुसन्धान हुँदै

काठमाण्डाै – मोरङको लेटाङको अवस्था सामान्य बन्दै गएको छ । लेटाङमा हिजो बिहान ७ बजेदेखि लागेको कर्फ्यु अझै जारी छ ।

स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि अर्को आदेश नभएसम्मका लागि लेटाङमा कर्फ्यु लगाइएको हाे।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अवस्था अहिलेको जस्तै सामान्य रहिरहे कर्फ्युलाई खुकुलो बनाउँदै लैजाने बताउनुभयो । उहाँकाअनुसार घटनाको अनुसन्धानका गर्नका लागि २२ जनालाई पक्राउ गरिएको छ । तोडफोड, आगजनी र हिंसात्मक गतिविधिमा संलग्न भएको आशङ्कामा उनीहरुलाई पक्राउ गरिएको हो।

अस्ति आइतवार लेटाङ-५ को खेरुवामा रहेको विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो । गएको  शुक्रवार होलीको दिन विद्यालयका शिक्षक मनोज पौडेलले एक छात्रालाई यौन दुर्व्यवहार गरेको विषयमा विवाद हुँदा अस्ति स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो।

झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएको हो । घटनामा केही प्रहरी र स्थानीय बासिन्दा समेत घाइते भएका थिए  । यसअघि पनि शिक्षक पौडेलले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर, पटक पटक उनलाई कारबाही हुनबाट जोगाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका थिए।

स्थानीय बासिन्दाले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरे पनि प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP