Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने

काठमाण्डाै – आउँदो वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा प्राङ्गारिक कृषि मेला आयाेजना हुने भएको छ । अर्गानिक कृषि मेला अर्गानिक एसाेसिएशन अफ नेपाल र कञ्चनजङ्घा टि–इस्टेट एण्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा २०७९ साल वैशाख १ गतेदेखि ४ गतेसम्म मेला हुने भएको हो । चार दिनसम्म चल्ने मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोग रहने संस्थाले जनाएको  छ ।

त्यस्तै, स्टल बिक्रीबाट उठ्ने रकमबाट मेला सञ्चालन हुने छ । मेलाबारे जानकारी दिन हिजो पत्रकार सम्मेलनमा कञ्चनजङ्घा टि–इस्टेट एण्ड रिसर्च सेन्टर तथा अर्गानिक नेपाल एसाेसिएशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनको लागि मेलाको आयोजना गर्न लागिएको बताउनुभयो ।

अर्गानिक एसाेसिएशनका महासचिव तथा मेला संयोजक शान्ता बास्कोटा कोइरालाले पहिला–पहिला नबुझेर मानिसहरु लागे पनि अहिले स्वास्थ्यमा सचेत भएका मानिसहरु अर्गानिक कृषितर्फ उन्मुख भएको बताउनुभयो । गएकाे वर्षहरुको मेलामा १ लाख अवलोकनकर्ता आएको उल्लेख गर्दै यो पटक विगतमा भन्दा धेरैको उपस्थिति रहने अनुमान गर्नुभयो ।

मेलामा चिया, कफी, जुस, तरकारी, अचार, प्राङ्गारिक मल, च्याउ, डेरी उत्पादन, हर्बल उत्पादनहरु, मसलाहरु, चामल, गहुँ, मकै, दाल, फापरलगायतका अन्य उत्पादनहरु फलफूल, बिउ बिजन, मह, तेल, राडी, पाखीलगायतका अन्य कृषि उपजहरु तथा कृषि तथा वाणिज्य व्यापारसम्बन्धी कार्यक्रम राखिने भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP