काठमाडौं : सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन्। घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रदेश २, ०३ ००१ त २४३९ नम्बरको ट्याक्टरले बिहीबार साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई ठक्कर दिएको थियो। ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया