काठमाण्डौ – पैसा तिरेर आफ्नो कानुनी हकहित संरक्षण गर्न नसक्नेहरूलाई वकिलहरूले प्रो बोनो कानुनी सेवा अर्थात् स्वेच्छिक निःशुल्क कानुनी सहायता प्रदान गर्ने भएका छन् ।
काठमाण्डौमा भएको प्रो बोनो कानुन व्यवसायीहरूको राष्ट्रिय सम्मेलन २०७८ मा आर्थिक तथा सामाजिक कारणबाट आफ्नो कानुनी हकहित संरक्षण गर्न असमर्थ पक्षहरू, मानव बेचबिखन, जबरजस्ती करणी तथा घरेलु हिंसाबाट प्रभावित लगायतका विषयलाई प्राथमिकतामा राख्दै सहज रूपमा गुणस्तरीय निःशुल्क कानुनी सेवा उपलब्ध गराउने कानुन व्यवसायीहरूले प्रतिबद्धता जनाएका हुन् ।
कुनै पनि लाभको अपेक्षा नगरी निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्ने प्रो बोनो कानुन व्यवसायीहरूले उल्लेख गरेका छन् ।
प्रो बोनो कानुनी सेवा भनेको कानुन व्यवसायीहरूले स्वेच्छिक रूपमा निःशुल्क प्रदान गर्ने कानुनी सहायता हो । यस्तो सेवा प्रदान गर्ने कानुन व्यवसायीले कतैबाट पनि शुल्क लिएका हुँदैनन् ।
जो आर्थिक रूपमा विपन्न छन्, पैसा तिरेर कानुनी सेवा लिन सक्दैनन् उनीहरूलाई कानुन व्यवसायीहरूले यस्तो सेवा स्वेच्छिक रूपमा प्रदान गर्छन् । जसमा पनि विशेष गरी मानव बेचबिखनमा परेका, छुवाछुत, जातीय विभेद, वैदेशिक रोजगारी, जबरजस्ती करणी तथा घरेलु हिंसा लगायतका विषयलाई कानुन व्यवसायीले प्राथमिकता दिन्छन् ।
निःशुल्क कानुनी सेवाको पहुँच नेपालको संविधानले प्रत्याभूत गरेको एक मौलिक अधिकार हो । निःशुल्क कानुनी सेवामा रहेका कमजोरीहरूलाई सम्बोधन गर्न सन् २०१९ मा नेपाल बार एसोसिएसनले प्रो बोनो कानुनी सेवाको लागि निर्देशिका समेत तयार पारेको छ ।
प्रो बोनो कानुन व्यवसायीहरूको राष्ट्रिय सञ्जालले यो सेवालाई अनिवार्य गर्दै प्रो बोनो कानुन व्यवसायीलाई सेवामा प्रोत्साहन गर्न माग गरेको छ ।
नेपालमा अहिले २० हजार हाराहारीमा कानुनी व्यवसायीहरू रहेका छन् । कुनै पनि कानुन व्यवसायीले स्वेच्छिक रूपमा प्रो बोनो सेवा दिन सक्छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया