बिगुल बचत तथा ऋण सहकारी संस्थाका १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा ३ मदवामा रहेको उक्त सहकारीले नागरिकहरुलाई सहज रुपमा कर्जा उपलब्ध सगै सामाजिक कामहरु गरिरहेको भन्दै प्रंशसा गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सहकारीले समाज बदल्नमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
समाजमा छरिएर रहेका रकमलाई संकलन गरि नागरिकहरुलाई नै उपलब्ध गराउने गरेको बताउनुभयो । दश वर्षको अवधिमा सहकारीले करोडौको कारोवार गर्न सफल भएको बताउँदै सामाजिक कृयाकलाप गर्न सुझाव दिनुभयो । सहकारीका सदस्यहरुलाई क्षमता वृद्धि तथा आत्मनिर्भर बनाउन सीपमुलक तालिमहरु संचालन गर्नुपर्नेमा जोड दिनुभयो । कोभिडका कारणले अर्थतन्त्रमा केहि समस्याहरु निम्तीएकोले बिस्तारै सहजता हुदै जाने बताउनुभयो ।
शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले सहकारीले बचत र ऋणको मात्र काम गर्न नहुने बताउनुभयो । कृषिमा आत्मनिर्भर बनाउनुपर्ने बताउँदै नगरले आफ्ना नागरिकहरुलाई सहज रुपमा अनुदान लगाएतका कामहरु गरिरहेको बताउँनुभयो । सहकारीलाई व्यवस्थित रुपमा संचालन गर्नुपर्ने बताउँदै नगरको विकासमा सहकारीहरुको भुमिका महत्पूर्ण हुने जनाउनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष टेकलाल सापकोटाले वडाका सबै क्षेत्रमा सहकारीहरु स्थापना भएकोले सहकारीले नागरिकहरुलाई बचत गर्ने बानि बसाल्ने गरेको बताउनुभयो । सबै क्षेत्रको विकासको लागि शिक्षा अति आवश्यक रहेकोले वडाले हरेक वर्ष शिक्षामा जोड दिएर कामहरु गरिरहेको बताउनुभयो । व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले छोटो समयमा बिगुल सहकारीले राम्रो उलपब्धी हासिल गरेको बताउनुभयो । सहकारीले ४ करोड बरावरको कारोबार गरेको व्यवस्थापक ज्ञान बहादुर जिसीले बताउनुभयो । गत वर्ष कोरोना कारणले सहकारी संचालनमा केहि असहजता भएको उहाँले बताउनुभयो । सहकारीका अध्यक्ष नर बहादुर पौडेलको अध्यक्षता,उपाध्यक्ष कोपिला न्यौपानेको स्वागत र बेलसिह रावतको संचालनमा कार्यक्रम सम्पन्न भएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया