Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

श्रीलंका जस्तै आर्थिक संकटमा नेपाल जाँदैनः पूर्वगर्भनर नेपाल

बुटवल । विदेशी मुद्रा घट्दै जानाले मुलुकको आर्थिक अवस्था संकटमा धकलिदै गएको नेपाल राष्ट्रका पूर्व गर्भनर चिरञ्जिवी नेपालले वताएका छन् । बुधवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले बुटवलमा आयोजना गरेको मुलुकको आर्थिक अवस्था विषयक साक्षात्कार कार्यक्रममा वोल्दै पूर्वगर्भनर नेपालले यस्तो वताएका हुन् । कोरोना भाईरस पश्चात् आर्थिक अवस्था किन घट्दै गएको छ भन्ने सवालमा सरकारले कर्जा विस्तारमा अहिले सम्मकै सवैभन्दा धेरै ३२ प्रतिशत वढि गरेको र जवकि, मौद्रिक निति १९ प्रतिशत रहेको वेला लगानी गर्नु अस्वभनिय हुन गएको वताए ।

उनले, मुलुुकको आर्थिक अवस्थालाई मजबुत वनाउनका लागि हरेक कुरामा संचितिकरण गर्नुपर्ने ध्यान दिनुपर्ने र निर्यातलाई वढाउनु पर्नेमा जोड दिए । अहिले नेपालको अवस्था ऋण तिर्न सक्ने रहेको भन्दै, सधै ऋणमा मात्रै भर पर्न नहुने वताउँदै, उत्पादन र निर्यातलाई उर्जाशिल वनाउने वाटोमा सरकार गम्भिर रुपमा अगाडि वढ्नुपर्नेमा सुझाए । उनले भने, श्रीलंकामा उत्तरपुस्तिका किन्ने पैसा समेत नभएर सबै तहका परीक्षा रोकिएको घटना जस्तै अवस्था नेपालमा तत्काल नआउने दावी गर्दै, सरकारले रेमिटान्स वढाउने वारेमा लागेको मैले देखेको छु । केही महिना भित्र रेमिटान्स वढ्छ ।

अहिले नै नेपाल, श्रीलंका जस्तै स्थितीमा पुग्छ भनेर आत्तिनु पर्ने अवस्था छैन् । अव, आयतमा भन्दा निर्यातलाई जोड दिदै, स्थानिय तह र प्रदेश सरकार पनि केन्द्रमुखी मात्र नभई आत्मनिर्भर तर्फ उन्मुख हुनुपर्ने वताए । एमसिसि परियोजनाले नेपालमा आर्थिकमन्दी शुरु भएको हो भन्ने, हल्ला छ त ? भन्ने पत्रकारहरुले सोधेको जिज्ञासामा पूर्वगर्भनर नेपालले एमसिसिले आर्थिकमन्दी भएको हो भन्ने कुरा सत्य नभएको भन्दै भ्रम भएको वताए । उनले, नेपालको आर्थिक अवस्थालाई एमसिसिले कुनै असर नगरेको जिकिर गर्दै, विकासलाई थप टेवा पु¥याउने वताए ।

तिलोत्तमा क्याम्पसका पूर्वप्रमुख एंव अर्थशास्त्री डा.रामचन्द्र आचार्यले बिभिन्न मुलुकमा रहेका नेपाली राजदूतहरुले (इकोनोमिक डेप्पोमेसी) वारे काम नगरेको, दूरदर्शीताको अभाव हुँदा पनि नियमन निकायले कुनै चासो नदिनु, विदेशी मुद्रामा संचिति नहुनु, उत्पादन घट्नु र आयात वढ्नुले गर्दा पछिल्लो समय नेपालको आर्थिक अवस्था कमजोर वन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै, समयमै सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको सुझाव दिदै, श्रीलंकाको जस्तै स्थिती नेपालको पनि नहोला भन्न नसकिने वताए ।

साक्षात्कार कार्यक्रममा बरिष्ठ पत्रकार तथा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य डा.बालकृष्ण चापागाँईले बजारमा आर्थिकमन्दीको चरम संकट पैदा भएको भन्दै, नेपाली मुद्रा कहाँ गईरहेको छ ? किन संकट पैदा भयो ? यसबिषयमा किन सरकारले कदम चाल्दैन ? भन्ने बारेमा सवाल उठाए । जसका कारण सामान्य लगानी समेत बैंकहरुले गर्न नसकेको अवस्थामा यस्तै अवस्था रहिरहे मुलुक ठूलो आर्थिक संकटमा जाने जिकिर गरे ।

उनले, नेपालका अर्थशास्त्रीहरुले यो समस्यालाई समाधान गर्न तर्फ के गरिरहेका छन् ? भन्दै श्रीलंकाको जस्तै नियती नेपालले भोग्नवाट वचाउन जिम्मेवार निकाय र सरोकारवालाले कदम चाल्नुपर्ने आवश्यक्ता औंल्याए । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP