Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

५ रुपैयाँ किलोमा पनि काँक्रो बिक्री भएन, हजाराैँ किलो बारीमै कुहिँदै

चितवन – चितवनमा उत्पादित काँक्रो बिक्री नहुँदा किसान समस्यामा परेका छन् । जिल्लामा उत्पादित काँक्रो पाँच रुपैयाँ प्रतिकिलोका दरले समेत बिक्री नहुँदा लगानी डुब्ने अवस्थामा पुगेको भन्दै किसान चिन्तित भएका हुन् । 

भरतपुर महानगरपालिका १८ चनौलीमा १५ कट्ठा जग्गामा काँक्रो खेती गरेकी रेसुङ्खा कृषि फार्मकी सञ्चालक धनु अधिकारीले आफूले पाँच रुपैयाँका दरले काँक्राे बिक्री गर्न खोज्दासमेत नबिकेकाले सित्तैमा दिएको बताउनुभयो । ‘पाँच रुपैयाँमा पनि बिक्री नभएपछि हिजो मैले ३५ सय किलो काँक्रो सित्तैमा दिएँ, अब फेरि टिप्ने बेला भयो, कहाँ बिक्री गर्ने टुङ्गो छैन’, अधिकारीले भन्नुभयो । 

बारीभरि लटरम्म काँक्रो फलेको तर चितवनका कुनै पनि तरकारी बजार र बिचौलियाले चितवनको काँक्रो नउठाएको उहाँको गुनासो छ । केही दिनको अन्तरमा ३५ क्विन्टलसम्म काँक्रो टिप्ने गरेको तर बिक्री नभएकाले बारीमै सडाउनुको विकल्प नभएको सञ्चालक अधिकारीले बताउनुभयो । 

भारतबाट सस्तोमा आएको काँक्रो व्यापारीले लुकाएर भण्डारण गरेको, चितवनमा उत्पादन धेरै भएको लगायतका कारण बिक्री नभएको हुन सक्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP