Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आउँदाे ३ दिन तातो हावा चल्ने

काठमाण्डाै – नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आउँदाे तीन दिन तातो हावा चल्ने भएकाले उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । 

भारतको मौसम विभाग र बैंककमा रहेकाे क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनीअनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो । ४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियस भन्दामाथि तापक्रम पुगेको छ । यसअघि नै विज्ञहरूले नेपालमा यस वर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । 

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार तीन दिनसम्म पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुने बताउनुभयो । उहाँले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सचेत रहन आवश्यक रहेको बताउनुभयो । जलवायु विज्ञ डा. उप्रेतीले छिमेकी देश भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको र नेपालका पश्चिम तराईका जिल्लामा यसको असर पर्ने धेरै सम्भावना रहेको बताउनुभयो ।

जलवायुविज्ञ डा. उप्रेतीले नेपालमा समयभन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताउनुभयो । उहाँले एक सय २२ वर्षपछि गएकाे मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताउनुभयो । उहाँले वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्यधिक तापक्रम वृद्धि हुँदै गएको तथ्याङ्क निकालेको बताउनुभयो ।

जलवायुविज्ञ डा. उप्रेतीले भन्नुभयो, ‘यो वर्षमा चैतको सुरुदेखि नै वा फागुनको अन्तिम हप्तादेखि नै तापक्रम बढेको अवस्था छ । वैशाखको ५ गतेदेखि फेरि लगातार तीन दिन पश्चिम तराईमा तापक्रम अत्यधिक वृद्धि हुँदैछ । त्यो तापक्रम ४० डिग्री वा त्याेभन्दा माथि पुग्ने अवस्था छ । अब हिट वेब सुरु हुँदैछ भन्दा फरक नपर्ला । ४० डिग्री वा त्याे भन्दामाथि तापक्रम, दुई वा त्योभन्दा बढी दिन रह्यो भने त्यसलाई लू अर्थात् हिट वेब ‘अत्यधिक गर्मी’ को अवस्था भनिन्छ । भारतले हिट वेबको सूचना पनि जारी गरिसकेको छ । चेतावनी दिइसकेको छ । हिजोसम्मको जल तथा मौसम विज्ञान विभाग नेपालको रेकर्ड हेर्दा तीन वटा स्टेशनमा ४० डिग्रीभन्दा माथि तापक्रम रेकर्ड छ । ३५ देखि ४० डिग्री सेल्सियस भएको स्टेशनको सङ्ख्या २७ पुगेको छ ।’

जलवायुविज्ञ डा. उप्रेतीले अहिले औसत पृथ्वीको तापक्रम १ दशमलव १ डिग्री रहेको र भारतले जारी गरेको एक सय २२ वर्षको तथ्याङ्कमा १ दशमलव ८६ डिग्री सेल्सियसले तापक्रम औसतमा बढेको देखिएको बताउनुभयो । उहाँले यो असर जलवायु परिवर्तनको कारण भएको बताउनुभयो ।

जलवायुविज्ञ डा. उप्रेतीले अहिले चुनावी माहोल भएकोले बढ्दो तापक्रमको असरबाट बच्न चुनावी कार्यक्रमलाई थोरै समयमा सीमित गरेर जान सुझाव पनि दिनुभयो । उहाँले दिउँसो १२ देखि ३ बजेसम्म तापक्रममा अत्यधिक वृद्धि हुने भएकोले सहन गर्न गाह्रो हुने र त्यसले बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती महिलालगायतकालाई बढी असर गर्ने बताउनुभयो ।

अत्यधिक गर्मीका कारण मान्छे बेहाेस हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएकोले पानी बढी मात्रामा पिउन आवश्यक रहेको उहाँले बताउनुभयो । लूबाट बच्नका लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरू बिहानको समयमा गर्ने वा तीन बजेभन्दा पछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरि बिहान र बेलुकाकाे समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने उहाँको सुझाव छ ।

त्यस्तै धेरै तापक्रम भएको दिनमा कतिपय देशमा ‘वर्क होलिडे’ दिने गरेको उदाहरण दिँदै उहाँले नेपालमा तापक्रमको सीमा तोकेर त्यही किसिमका उपाय अपनाउनुपर्नेमा जोड दिनुभयो । यसबाट बच्न पानी प्रशस्त पिउने, दही, मोही र झोलिलो पदार्थ खाने, प्रेटिन भएको खाना नखाने, कटन र पातलो लुगा लगाउन उहाँको सुझाव छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP