काठमाडौं : कपिलवस्तु, रौतहट र सप्तरीमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। कपिलवस्तुको कपिलवस्तु नगरपालिका ४ गोपालपुरमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट स्थानीय ६५ वर्षीया बृजमती कुर्मीको मृत्यु भएको छ। गम्भीर घाइते उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको हो। कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।
यस्तै रौतहटको देवाही गोनाही नगरपालिका ४ मा गएराति भारतीय नम्बरको दुई ओटा मोटरसाइकल आपसमा ठोकिँदा, एक मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाराको आदर्श कोतवाल गाउँपालिका ५ का २२ बर्षीय कमोद यादव रहेका छन्। गएराति साढे १० बजे भएको सवारी दुर्घटना लगतै फरार भएका अर्का मोटरसाइकल चालकको खोजी भइरहेको इलाका प्रहरी प्रहरीले जनाएको छ।
सप्तरीको अग्निसाईर कृष्ण सवरण गाउँपालिका ४ बनौलिमा मोटरसाईकलको ठक्करबाट गोरुगाडामा सवार एक जनाको मृत्यु भएको छ। स ११ प २८९७ नम्बरको मोटरसाईकलले गोरुगाडालाई पछाडी ठक्कर दिदा स्थानिय ५० वर्षिय अर्जुन शर्माको मृत्यु भएको हो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया