Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अक्सिजन प्लान्ट विस्फाेट : ज्यान गुमाउनेकाे सङ्ख्या २ जना पुग्याे

ललितपुर – ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा थप एक जनाको ज्यान गएको छ । भारतीय नागरिक राजकुमार महतोको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यसअघि भारतकै नागरिक वृजकुमार महतोको घटनास्थलमै ज्यान गएको थियो । घटनामा घाइते भएकामध्ये पाँच जना डिस्चार्ज भएका छन् ।  एक जनाको भने उपचार भइरहेको छ ।  

औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा आज बिहीवार बिहान अक्सिजन भर्ने क्रममा विष्फोट भएको प्रहरीको भनाइ छ । 

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिनुभएको छ ।  गृहमन्त्री खाणले गृह सचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन दिनुभएको हो ।

यस्तै दुर्घटनास्थलको निरीक्षणका लागि पुग्नुभएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताउनुभयो । उहाँले घाइतेहरूलाई सरकारले उपचार गर्ने पनि प्रतिबद्धता जनाउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP