काठमाडौं : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ सिन्धुलीटोलमा गएराति ३ जना सवार मोटरसाइकल रोकिराखेको ट्रकमा ठोकिँदा ३ जनाकै मृत्यु भएको छ।
गम्भीर घाइते भएका ३ जना पुरुषको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। मृतक ३ जनाकै सनाखत हुन बाँकी रहेको छ।
सडक छेउमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा गएराति साढे २ बजे, लु ८३ प ८६५१ नम्बरको मोटरसाइकल ठोकिएको हो।
ट्रक चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया