काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि सम्भव भएको बताएका छन्।
१३३औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन श्रमिक वर्गको महत्त्वपूर्ण योगदान रहेको बताएका हुन्।
उनले मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्त्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने धारणा राखेका छन्।
‘नेपालको संविधानले सबैखाले शोषण अन्त्य गर्ने र नागरिकलाई सम्मानयुक्त जीवनयापन गर्न पाउने मौलिक हकको व्यवस्था गरेको छ’, सन्देशमा उनले भनेका छन्, ‘सरकार श्रमको उच्च सम्मान गर्दै उनीहरूको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न सदैव प्रतिबद्ध रहेको छ।’
प्रधानमन्त्री देउवाले श्रमिकका लागि सीपमूलक तालिम, व्यवहारिक शिक्षा र वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकता अनुसारको सीपमूलक तालिमको व्यवस्था प्रभावकारी बनाउँदै लैजाने बताएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया