Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

आज र भोलि मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाण्डौ  – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको छ । अहिले पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी परिरहेको मौसमविद्ले बताएका छन् ।

आज उपत्यकासहित देशका धेरै ठाउँमा नै हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

नेपालमा अहिले स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यसकै कारण आज र भोलि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार दिउँसाे प्रदेश-१, मधेस प्रदेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको मौसम सामान्य बद्ली रहने छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहनेछ ।

दिउँसाे सातै प्रदेशका केही ठाउँमा पानी पर्ने अनुमान छ । यस्तै, पहाडी क्षेत्रमा मेघगर्जनसहित चट्याङ्ग पर्ने भएकाले सावधानी अपनाउन पनि मौसमविद्को आग्रह छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP