Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अमेरिकाको आर्ट ग्यालेरीबाट दशौँ शताब्दीको मुर्ति फिर्ता ल्याइने

काठमाडौं: संयुक्त राज्य अमेरिकाले येल विश्वविद्यालय आर्ट ग्यालरीको स्थायी संग्रहमा रहेको नेपालको बौद्ध देवी तारा पार्वतीको मुर्ति फिर्ता गर्ने भएको छ।

न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावास, येल युनिभर्सिटी आर्ट ग्यालरी, कनेक्टिकट र संयुक्त राज्य अमेरिकाबीच शुक्रबार बौद्ध देवीको प्रस्तर मुर्ति नेपाललाई फिर्ता गर्ने सहमति तथा घोषणा भएको हो। 

उक्त कलाकृति फिर्ता गर्ने सहमति पत्रमा नेपाल सरकारका तर्फबाट न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यबाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा हस्ताक्षर गरेका हुन्।  नवौं दशौं शताब्दीमा आर्गिलाइट ढुंगा बाट बनेको सो मुर्ति येल युनिभर्सिटी ग्यालरीले सन् २०१५ मा एक दाताबाट प्राप्त गरेको दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘यस मूर्तिका विषयमा नेपालको पुरातत्व विभाग र येल विश्वविद्यालय कला संग्रह बाट २०२१ मा छुट्टाछुट्टै गरीएको अनुसन्धानबाट समभंग मुद्रामा उभिएको, हातमा नाल र कमलको फुल लिएको र कला शैलीमा हिसावले आरम्भिक मध्यकालको सो मुर्ति वि.सं. २०३२ सालसम्म भक्तपुर नगरपालिका गोल माडी टोलस्थित वीरभदे्रश्वर महादेव मन्दिरभित्र रहेको र त्यहाँबाट हराउनुअघि बौद्ध देवी पार्वतीको रुपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको छ।’

उक्त मुर्ति ग्यालरीले महावाणिज्य दुतावास र पुरातत्व विभागसँगको समन्वयमा नेपाल फिर्ता ल्याइने दूतावासले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP