Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पश्चिमका केही ठाउँमा ठूलो पानी पर्दै, मतदान केन्द्र हिलाम्मे

काठमाण्डाै – अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दिया, नेपालगञ्ज, नवलपरासी, दाङ, सल्यान, सुर्खेत, धनगढी लगायतका ठाउँमा ठूलाे पानी परिरहेको हो । 

पानी परेका ठाउँका मतदान केन्द्र र स्थल हिलाम्मे बनेका छन् । चुनावका लागि आवश्यक सामग्री जोगाउन पनि समस्या भइरहेको छ । पानी पर्ने पूर्वानुमानका आधारमा निर्वाचन आयोगले मतदान केन्दमा पालको व्यवस्था गर्न निर्देशन दिएको छ । 

अहिले ठूलै पानी परिरहेको भए पनि अबको एक दुई घण्टापछि यी ठाउँमा पानी पर्न रोकिने महाशाखाकाे भनाइ छ । तर राति प्रदेश १, बाग्मती, लुम्बिनी र गण्डकीको केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ ।  भोलि शुक्रवार दिउँसोसम्म घाम लागे पनि बेलुकापछि पानी पर्नेछ ।  विशेष गरेर लुम्बिनी प्रदेशका केही ठाउँमा भोलि ठूलो पानी पर्ने सम्भावना छ । 

यसैबीच भारतमा उत्पन्न असानी आँधीको प्रभाव नेपालमा पर्ने सम्भावना लगभग टरेको माैसमविद् वरुण पाैडेलले बताउनुभयाे । असानी अहिले भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्र आसपास नै रहेकोले यसको आशिंक प्रभाव मात्रै पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP