Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

यार्सागुम्बा खुला नगर्दै संकलन थालियाे

सुर्खेत : डोल्पाका विभिन्न क्षेत्रमा पाइने यार्सागुम्बा संकलनको लागि अनुमति नदिँदै पाटनमा संकलन सुरु भएको खुलासा भएको छ।

जेठ ११ गते मात्र पाटन खुल्ला भएपनि  सो भन्दा पहिले नै यार्सागुम्बा संकलन गर्न सर्वसाधारणहरू पुगेको नलगाड नगरपालिका –७ का रामबहादुर खड्काले बताए। उनले भने,‘हामीलाई जेठ ११ मा खुल्छ भनेर प्रवेश शुल्क लिने काम भयो, यता त सबै पाटनमा पहिले नै संकलन सुरु भइसकेको रहेछ।’

शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज र सामुदायिक वन समूहको मिलोमतोमा यार्सागुम्बा संकलन पहिले नै गर्न दिएको खड्काले आरोप लगाए। डोल्पाकै सर्वसाधारणलाई अनुमति नचाहिने तर बाहिरबाट संकलन गर्न गएकालाई पूर्जी चाहिने भन्दै बाहिरबाट गएकाहरु आक्रोशित भएका छन्।

नीतिगत कुरामा सबैलाई अनुमतिका लागि निश्चित शुल्क तिरेर मात्र यार्सागुम्बा संकलन गर्न पाइने व्यवस्था छ। पछिल्लो समय डोल्पामा पाइने यार्सागुम्बा संकलन कार्यमा स्थानीयको मनोमानीका कारण बाहिरबाट संकलन गर्न जानेको मनोबल समेत कमजोर हुने गरेको बताएको छ। निकुन्ज संरक्षणका लागि बसेका कर्मचारीहरु स्थानीयसँग मिलेर फाइदा लिन व्यस्त भएको सर्वसाधारणको आरोप छ।

सीमित व्यक्तिको हालीमुहाली गर्नका लागि पाटन नै कब्जा गरेर बस्ने प्रवृत्तिका कारण बाहिरबाट यार्सा संकलन गर्न जाने सर्वसाधारणहरू मर्कामा परेको बताएका छन्। जाजरकोट, सल्यान, रुकुम पश्चिम र डोल्पाका स्थानीयबासीबाट यार्सा संकलन गर्न पाटनमा जाने गर्दछन्।

निकुन्ज क्षेत्र र सामुदायिक वन भित्र यार्सागुम्बा पाइने गर्दछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP