Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

पाल्पा : काेराेना बीमा दाबीकाे भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी

पाल्पा – पाल्पाका कोरोना सङ्क्रमितहरूले बीमा दाबीकाे भुक्तानी नपाएमा कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् । बीमा गरेको संस्था सगरमाथा इन्स्योरेन्सले बीमापातको भुक्तानी नदिएको भन्दै पाल्पा कोरोना सङ्क्रमितहरूले आन्दोलन गरेका हुन् । 

अबको दश दिनभित्र बीमा रकम दिने निर्णय नगरेका कार्यालयमा ताला लगाइने बीमित नारायण न्यौपानले बताउनुभयो । बीमितले प्रिमियम तिरेपछि सम्झौताअनुसारको रकम पाउनुपर्ने भए पनि अहिलेसम्म नपाएको अर्का बीमित राजेश आचार्यले बताउनुभयो । 

सगरमाथा इन्स्योरेन्स पाल्पाले एक हजार दुई सय २० जनाको बीमा गरेकोमा ६ सय जनाले बीमा भुक्तानीको दाबी गरेका छन् । यसमा एक सय २३ जनाले भुक्तानी पाएका छन् । भुक्तानी नपाएकाहरूले दश दिनको समय दिएका हुन् । 

सरकारले जिम्मेवारी नलिँदा बीमा रकम भुक्तानी गर्न नसकिएको सगरमाथा इन्स्योरेन्स कम्पनी पाल्पाका प्रमुख करुणा काफ्लेको भनाइ छ । 

बाँकी रहेकाहरूको बीमा रकम भुक्तानी नगरे चरणबद्ध रूपमा आन्दोलन गर्ने बीमित झपेन्द्र गहिरेले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP