Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सुन्दर हरिजन मृत्यु प्रकरण : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

काठमाण्डाै – रोल्पा कारागारमा मृत भेटिएका सुन्दर हरिजन प्रकरणको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।अपराधीको सट्टा जेलमा राखिएका दलित किशोरको मृत्यु प्रकरणको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाणले मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको छ ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान उप–निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।समितिलाई काम सुरु गरेको मितिले सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।

हातहतियार मुद्दामा पाँच वर्ष जेल सजाय पाएका विजयविक्रम शाहको नाममा चोरीको आरोपमा एक वर्षका लागि जेल सजाय ताेकिएका हरिजनलाई रोल्पा कारागारमा राखिएकोमा उनको गएको ४ गते मृत्यु भएको थियो । कारागार प्रशासनले हरिजनले आत्महत्या गरेको दाबी गरे पनि प्रारम्भिक अनुसन्धानले उनले आत्महत्या नगरेको देखाएको छ ।

यसअघि आजै प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रकी सांसद अन्जना विशंखेले हरिजन प्रकरणको छानबिन गर्न संसदीय समिति बनाउन माग गर्नुभएको थियो ।  उहाँले यस घटनाबाट नेपालको सिङ्गो न्याय प्रणाली, सुरक्षा संयन्त्र र राज्यको पूरै शासन संरचनामाथि प्रश्न चिह्न खडा भएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP