Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

‘बजेटमा बाँदर धपाउने पैसा आयो?’

पर्वत : मोदी गाउँपालिका–४ क्याङ स्थित चुरिलाका ८४ वर्षीय कुलबहादुर गर्बुजाको दिन बारीमा मकै रुँगेर बितिरहेको छ। बाँदरले मकै खाएर खाएर हैरान पारेपछि उनले बारीमा नै घामपानी ओतिने छाप्रो बनाएका छन्।

बिहान सबेरै उठेर छाप्रोमा पुग्ने उनी साँझ मात्र घरमा फर्किन्छन्। धान नफल्ने क्याङको मुख्य बाली नै कोदो र मकै हो। कोदोमा खासै क्षति नगर्ने भए पनि बाँदरले मकै डाँख्ला समेत नरहने गरी सखाप पारिदिन्छ। वर्षदिन खानुपर्ने अन्न जोगाउनकै लागि उनी दिनभर बारीमा बस्छन्। 

बाँदरको हैरानीबाट वाक्क परेका उनको चिन्ता ‘यसपालिको बजेटमा बाँदर धपाउने पैसा आयो कि आएन?’ भन्नेमा छ। घरमा आराम गर्नुपर्ने बेलामा पनि बारीमा पुगेर बाँदर लखेट्नुको उनको वर्षौँदेखिको गर्ला दैनन्दिन यही नै हो। यस पटकको बजेटले कृषकका समाधान गर्न केही सम्बोधन गर्ला भन्ने आशमा बसेका उनले बजेटको बारेमा बताउन अनुरोध गर्छन्। ‘बाँदरले केही लगाउनै दिँदैन। वर्षभर खाने यही मकै एक मिनेटमा रित्तो बनाउँछ, बारीमा त झिमिक्क गर्नै हुन्न,’ कुलबहादुर भन्छन्, ‘सम्चारमा बाँदर लखेट्नपर्छ भनेको सुनेको थिएँ। मन्त्रीहरूले बाँदर लखेट्न पैसा दिन के गरे?’

७३ वर्षीय चन्द्रबहादुर गर्बुजाको पनि दैनिकी उस्तै छ। मकै नपाक्ने बेलासम्म यसरी नै बारीमा बसेर कुर्नुपर्ने बताउँछन्। बाँदरबाहेक दुम्सी र कागले पनि मकै खाइदिने गरेका कारण कुरेरै बास्नुपर्ने बाध्यता रहेको उनको दुखेसो छ। बसाइ सरेर जानेहरूका कारण गाउँमा गाउँमा जग्गा बँझिएको अवस्थामा बाँदर आतंकले बाँझो छाड्ने क्रम झनै बढ्ने उनी बताउँछन्। गाउँपालिकाले वा वडाले भए पनि बाँदर नियन्त्रणका लागि पहल गरिदिनुपर्ने चन्द्रबहादुरको भनाइ छ।

‘माथिबाट आउने बजेट त वडामा आउने त होला त के रे! यहीँ वडाले भा नि गाउँपालिकाले भा नि बाँदर लखेट्ने उपाय लगाए हुनी हो। दिउँसोभरि बाँदरले खाने, रातभरि सारो (दुम्सी) ले खाने गरेर हैरान पारे,’ चन्द्रबहादुर भन्छन्, ‘छोराछोरी पढाउन, जागिर खान गामका मान्छे बजार गए, गाममा बुढाबुढी छौँ। सकी नसकी लाको खेती पनि लाखुले मास्यो।’ 

कृषि ज्ञान केन्द्र कार्यालय पर्वतकी प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापा पनि आफूहरू अनुगमनमा गएको वेला कृषकले बजेटमा कृषिमा समेटिएका कुराको बारेमा चासो राखेको बताउँछिन्। जिल्लाका लगभग सबैजसो स्थानमा बाँदरले बालीनाली सखाप पार्ने गरेका कारण सेवा लिन कार्यालयमा आउने सेवाग्राहीले पनि बाँदर नियन्त्रणको विकल्पबारे सोचिदन आग्रह गर्ने गरेको उनको भनाइ छ।

‘यति बेला गाउँ गाउँमा जाँदा बजेटमा कृषिका लागि के के शीर्षकमा बजेट आएको छ भन्ने बारेमा कृषकहरूले निकै चासो राखेको पाइयो। बाँदर आतंकको बारेमा त कृषकले जहिले पनि गुनासो गर्दै आउनुभएको छ, यो राष्ट्रिय समस्या बनेको छ,’ उनले भनिन्, ‘बजेटमा बाँदर नियन्त्रण गर्ने भन्ने त्यस्तो शीर्षक त तोकेर आएको छैन। तर कृषि क्षेत्रलाई प्राथमिकतामा आएको बजेटले कृषि र कृषकलाई प्रोत्साहन मिल्छ। अबको लगानी व्यावसायिक कृषिमा हुनुपर्छ।’ 

पर्वतमा खेतीयोग्य जमिन २८ हजार ५०० हेक्टर रहेको र त्यसमध्येको १६ प्रतिशत अर्थात् ४ हजार ५०० हेक्टर जमिन बाँझो रहेको ज्ञान केन्द्र कार्यालयको तथ्यांक छ। उत्पादनयोग्य जमिनमा बढी खेतीपाती बर्खायाममा हुने भए पनि हिउँदमा भने सिँचाइ, बाँदर लगायतको समस्याका कारण कम खेती हुने गरेको छ।

धान मुख्य बाली भएका कारण कृषकहरूले जसोतसो धान रोपे पनि अन्य बालीमा बेवास्ता गरेका कारण पनि हिउँदमा ५० प्रतिशत जति जमिन बाँझो रहने गरेको कार्यालय प्रमुख थापाको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP