Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना संक्रमण

बैतडी : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिएन थालेको छ। आज यहाँ एकजनामा कोरोना संक्रमण देखा परेको छ। गत २४ घण्टामा २१६ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा संक्रमण देखिएको छ। नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। जेठ ३ गतेपछि १८ दिनपछि यो प्रदेशमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ।

यस्तै भारतसँग सीमा जोडिएका नाकामा सतर्कता अपनाइएको छ। सतर्कताअनुरूप सीमा नाकामा हाल पनि  परीक्षण जारी छ। यो प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण जारी छ। 

सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैको एन्टीजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। भारतमा अझै पनि संक्रमित भेटिइरहेका र नेपालमा जोखिम हुनसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको भट्टको भनाइ छ।  

यसैबीच सुदूरपश्चिममा हालसम्म ५ लाख ४१ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ हजार ६४७ जनामा संक्रमण देखिएको छ। सङ्क्रमणका कारण हालसम्म ६३३ जनाको ज्यान गइसकेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP