Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

नेपालमा औसत समयभन्दा अगाडि नै मनसुन भित्रियाे, देशभर फैलन ३ देखि ४ दिन लाग्ने

 काठमाण्डाै – नेपालमा औसत समयभन्दा आठ दिन अगाडि नै मनसुन प्रवेश गरेको छ । सामान्यतयाः जुन १३ तारिखलाई मनसुन भित्रने समय मानिन्छ । गएको वर्ष पनि औसत समयभन्दा अगाडि नै मनसुन नेपाल प्रवेश गरेको थियो ।  तर यसपटक भने पोहोरभन्दा पनि पाँच दिन अगाडि नेपालमा मनसुन भित्रिएको हो । गएको वर्ष जुन १० तारिखमा नेपालमा मनसुन प्रवेश गरेको थियो ।  

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज आइतवार प्रदेश नम्बर १ बाट मनसुनी प्रणाली नेपाल प्रवेश गरेको हो । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन देशभर फैलन तीनदेखि चार दिन लाग्ने श्रेष्ठले बताउनुभयो । 

गएको वर्ष मनसुन भित्रनेबित्तिक्कै सक्रिय भएर देशभर लगातार वर्षा हुँदा आएको बाढी र पहिरोमा परी देशमा ठूलो जनधनको नोक्सानी भएको थियो । यो वर्ष पनि सरदरभन्दा धेरै पानी पर्न सक्ने मौसम पूर्वानुमान भइसकेको छ । मनसुन प्रवेश गरेसँगै सक्रिय हुने सम्भावना पनि धेरै रहेकाले सतर्कता अपनाउन मौसमविद् श्रेष्ठले आग्रह गर्नुभएको छ । 

मनसुन बाहिरिने समय भनेको अक्टोबर २ तारिख हो । नेपालमा वार्षिक वर्षाको झन्डै ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्दछ । यस अगाडि मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन नेपाल प्रवेश गर्न अझै दुई/चार दिन लाग्ने जनाएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP