काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर बिसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न दिइने भएको छ। यसअघि फोहोर प्रभावित स्थानीय समक्ष सरकारले गरेको प्रतिवद्धता पूरा गर्ने शर्तमा आन्दोलन स्थगित गरिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले थाहाखबरलाई जानकारी दिए।
सरकारले प्रभावित स्थलका नागरिकको माग पूरा गर्ने भनेर प्रतिबद्धता जनाएसँगै संघर्षका कार्यक्रम स्थगित गरिएको ढुंगानाले जानकारी दिए। शुक्रबार विहान भएको छलफलमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले प्रतिवद्धता पत्र सार्वजनिक गर्ने बाचा गरेकी थिइन् ।
बञ्चरेडाँडा ल्याण्डफिल साइट पीडित संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गरेसँगै काठमाडौंबाट गएका टिप्परहरूले ल्याण्डफिल साइटमा फोहोर खसाल्न सुरु गरेका छन्।
महानगरपालिकाले गएराति प्रभावित क्षेत्रका वडाअध्यक्षसहित स्थानीयसँग १९ बुँदे प्रतिवद्धता पत्रमा सहमति गरेको थियो। त्यसपछि शहरी विकास मन्त्री झाँक्रीसँग भएको सर्वपक्षीय छलफलमा पनि फोहोर व्यवस्थापनमा अवरोध नगर्ने समझदारी बनेको थियो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया