Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

सिरिजंघामा पहिरोले पुर्दा दुईजनाको मृत्यु, वर्षाले सिदिङ्वाका विद्यालय बन्द

काठमाडौं :  ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई महिलाको शव फेला परेको छ।

वर्षासँगै गएराति करिब साढे ८ बजे झरेको पहिरोले स्थानीय विष्णु अधिकारीको घर पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको शव भेटिएको जानकारी दिए।

विष्णु भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने पशुचौपायासमेत पुरेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो झरेको छ। लगातारको वर्षाले सडकमा पहिरो झरेपछि सिदिङ्वा गाउँपालिकाका सबै विद्यालय अनिश्चित कालका लागि बन्द गरिएको छ।

सडकका ठाउँ–ठाउँमा पहिरोले बाटो बन्द गरेपछि आवतजावतमा समस्या भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रुद्र बेघाले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP