Trending
flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण flash विजयनगरको नवौँ गाउँसभाबाट ६८ करोड बढीको बजेट सर्वसम्मत पारित

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै ठूला अस्पताल : सेवाग्राही मर्कामा

काठमाण्डाै – ठूला अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्न थालेका छन् । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता नदिने जनाएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बीएण्डसी मेडिकल कलेज झापा र नोबेल मेडिकल कलेज विराटनगर, धुलिखेल अस्पतालले बोर्डले नै स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने जनाएको बताएका छन् । वीर र पाटन अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पनि भुक्तानी पाएका छैनन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका बिरामीलाई उपचार गरेबापत ४५ करोड रुपैयाँभन्दा बढी रकम दिन बाँकी रहेको बीएण्डसीले जनाएको छ । बीमाबापतको रकम भुक्तानी नगरे बीएण्डसीले असार २० गतेदेखि सेवा बन्द गर्ने भएको छ । 

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न लागेको बताउनुभएको छ ।

शिक्षण अस्पतालले २०७७ साल मङ्सिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो । त्यसैगरी नोबेल मेडिकल कलेजका व्यवस्थापक सदस्य भीमबहादुर चन्दले पनि मङ्सिरदेखि बीमितको उपचारमा गरेको रकम पाउन नसकेको बताउनुभएको छ । उहाँले बोर्डबाट रकम भुक्तानी नपाउँदा कर्मचारीलाई तलब खुवाउन समस्यामा परेको बताउनुभयो । बोर्डले नोबेललाई ५४ करोड ३८ लाख रुपैयाँ बीमितको उपचार गरेबापत दिन बाँकी रहेको चन्दको भनाइ छ ।  

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले ऐन, नियम र कार्यविधिअनुसार अस्पताललाई बीमाबापतको रकम उपलब्ध गराउँदै आएको दाबी गर्नुभएको छ । ‘अस्पतालले माग्दैमा हामीले पैसा दिने होइन । नियम कानुन र कार्यविधिअनुसार बीमितको उपचारबापतको रकम दिने हो’ उहाँले भन्नुभयो,‘अस्पतालले पठाएको प्रमाणमाथि हामीले रुजु गर्ने काम गरिरहेका छौँ । नियमअनुसार रुजु भएका अस्पतालको रकम हामीले रोक्दैनौँ ।’ उहाँले अस्पतालले नियमअनुसारको प्रमाण उपलब्ध नगराउँदा भुक्तानीमा समस्या परेको बताउनुभयो ।

उहाँका अनुसार गएको साउनयता ८ अर्ब १३ करोड अस्पताललाई उपलब्ध भएको छ । यस्तै जेठयता ६ अर्ब अस्पताललाई दिन बाँकी रहेको उहाँको भनाइ छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्नका लागि ४ सय ५० अस्पतालसँग सम्झौता गरेको छ । अहिले पनि बीमितले सहज सेवा पाउन सकेका छैनन् । 

सरकारले पाँच वर्षअघि नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बीमा कार्यक्रम’ सुरू गरेको थियो । एउटा परिवारले ३ हजार ५ सयको स्वास्थ्य बीमा गरेपछि परिवारको पाँच जना सदस्यले अस्पतालमा एक लाख रुपैयाँ बराबरको उपचार सेवा लिन पाउने व्यवस्था रहेको छ । अहिले देशभरका ७७ जिल्लामा ५७ लाख मानिस बीमा कार्यक्रममा सहभागी भएका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP