Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

गायिका दिलमायाको हत्या भएको पुष्टि

काठमाडौं : आत्महत्या गरेकी भनिएकी गायिका दिलमाया विश्वकर्माको हत्या भएको पुष्टि भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दिलमायाको हत्या श्रीमानको रुपमा सँगै बस्ने गरेका सिन्धुपाल्चोकका ३८ वर्षीय खिलबहादुर श्रेष्ठले गरेका हुन्।

उनले राति २ बजे मृतकको कोठामा गई बिहान ४ बजे हत्या गरी भागेको बयान दिएका काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए। उनका अनुसार महाराजगञ्जस्थित कतारभिषा सेन्टर नजिक सडक किनारमा पोको पारी फालेको अवस्थामा मृतककाे सलसमेत फेला पारी बरामद गरिएकाे छ।

गत शनिबार तारकेश्वर ११ नेपालटारस्थित कोठामा बसेकी सुर्खेत गुर्भाकोटकी दिलमाया मृत अवस्थामा फेला परेकी थिइन्। तत्कालै प्रहरी बृत्त बालाजुबाट अनुसन्धान अधिकृत र प्रहरी नायव उपरीक्षकको टोली साथै काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा गई अनुसन्धानलाई तीब्र बनाएको थियो।

अनुसन्धानका क्रममा मृतकको घाँटीमा डाम जस्तो देखिए पश्चात प्रहरी अधिकृतहरूद्वारा घटनालाई शंकास्पद रुपमा लिई सूक्ष्म तवरले थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानको क्रममा विगत ७/८ महिना पहिलादेखि सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी न.पा. वडा नं. १ घर भई हाल काठमाडौं गोठाटार बस्ने सूर्य भन्ने खिल बहादुर श्रेष्ठ मृतकको कोठामा गई मृतकको श्रीमान् भनी सँगै बस्ने गरेको खुल्न आएको थियो।

खोजतलासकै क्रममा आइतबार दिउँसो करिब २ बजेको समयमा खिल बहादुर श्रेष्ठलाई तारकेश्वर नगरपालिका ११ नेपालटारबाट नियन्त्रणमा लिइएको हो।

मृतकका बुबाले खिल बहादुर माथि मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यान सम्बन्धी कसूरमा किटानी जाहेरी दिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP