Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिवराज खोप सुनिश्चितता नगर घोषणा : ५६ हजार बढीलाई कोरोना विरुद्धको खोप

माधव बेल्वासे
चन्द्रौटा,१४ असार

शिवराज नगरपालिका भित्रका ५६ हजार ५ सय ८६ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोपको लक्ष्य पुरा गरेकोले खोपको सुनिश्चितता तथा नियमित खोपको दिगोपन सुनिश्चितता नगर घोषणा गरिएको छ ।
मङ्गलवार आयोजित उक्त कार्यक्रममा विश्वमा महामारीको रूपमा कोरोना भाइरस आएको र यसलाई नियन्त्रण खोपले मात्र गर्न सकेको चर्चा गरिएको थियो । नगरमा १२ वर्ष उमेर समूह देखि माथिका नागरिकहरूलाई कोरोनाको पूर्ण खोप प्रदान गरी नागरिकहरूको स्वास्थ्य प्रति गम्भीर रहेको नगर प्रमुख अजय थापाले बताउनुभयो ।


कोरोनाको समयमा एक अर्का सँग नजिक नहुने अवस्थालाई खोपले अहिले सामान्य बनाएको भन्दै खोप अभियानमा लाग्ने स्वास्थ्यकर्मी प्रति आभार व्यक्त गर्नुभयो । यस्ता महामारी फेरी आउन सक्ने भएकोले यसमा सबै जना सजग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वयन समितिका सभापति बाबुराम आचार्यले खोपलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कोरोना खोप सँगै अन्य धेरै खोपहरू रहेकोले पूणे खोप लगाई सुनिश्चित भविष्य बनाउन आग्रह गर्नुभयो । खोप अभियानमा स्वास्थ्यकर्मीको योगदानलाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले बालबालिकाहरूको नियमित खोपलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । खोप अनिवार्य रहेको भन्दै कपिलवस्तुमा कोरोना,झाडापखाला लगायतका खोप अभियानहरू सञ्चालन भएको बताउनुभयो । स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै स्वास्थ्यकर्मी तथा स्वेयमसेविकाहरुको सहयोगले यो कार्य सम्पन्न भएको बताउनुभयो ।


शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले नगरका नागरिकहरूको स्वास्थ्यमा पालिका सचेत रहेको बताउनुभयो । अस्पताल निर्माण देखि स्वास्थ्य चौकीको सेवालाई प्रभावकारी बनाउन आफू दृढ रहेको जिकिर गर्नुभयो ।
नगरमा खोपको उपलब्धि बारे जानकारी दिँदै स्वास्थ्य शाखाका प्रमुख चुरामणि भट्टराईले १६ देखि २३ महिनाका ११४९ बालबालिकाहरूले पूर्ण खोप लगाएको बताउनुभयो । विभिन्न समयमा खोप अभियान सञ्चालन तथा स्वास्थ्य संस्था वाट निरन्तर सेवा प्रवाह गरिएको बताउनुभयो । खोपको सुनिश्चितता तथा नियमित खोपको दिगोपनमा सहयोग गर्ने विभिन्न सङ्घ संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP