Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

बागलुङमा लागुऔषध काराेबारीको संख्या बढ्दै

बागलुङ : पछिल्ला तीन वर्षमा जिल्ला प्रहरी कार्यालय बागलुङले ५४ लागुऔषधका कारोबारीलाई पक्राउ गरेको छ। प्रहरीले आर्थिक वर्ष २०७५/७६ मा १२ जना, २०७६/७७ मा २९ जना र २०७७/७८ मा १३ जना गरी ५४ जनालाई कारबाही गरेको हो।

प्रहरीले आर्थिक वर्ष २०७५/७६ मा एक महिला र ११ पुरुष, ७६/७७ मा दुई महिला र २७ पुरुष र ७७/७८ मा दुई महिला र ११ पुरुषलाई पक्राउ गरी कारबाही गरेको छ। बागलुङमा विशेष गरी प्राकृतिक लागुऔषधका सेवनकर्ता र कारोबारी धेरै छन्।

जसको नियन्त्रणका लागि प्रहरीले विभिन्न योजना तथा अभियान बनाएर काम गरिरहेको छ। प्रहरीले स्कुलस्तरका विद्यार्थीहरूका लागि समेत विभिन्न सचेतनामूलक तथा युवाहरूका लागि युवा लक्षित कार्यक्रमहरू गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए।

उनले भने ‘मागलाई कम गर्नका लागि समुदाय–प्रहरी साझेदारी अभियान अन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा पुगी शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई यसको असर तथा कानुनी कारबाही लगायतका विषयमा सचेतनामूलक कार्यक्रमहरू गरिरहेको छौँ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP