Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

अनलाइन जुवा खेल्ने १२ जना पक्राउ

मकवानपुर – हेटौँडा उपमहानगरपालिकामा अनलाइन जुवा खेल्ने १२ जना पक्राउ परेका छन् । अनलाइन जुवा खेल्ने १२ जनालाई मकवानपुर प्रहरीको स्ट्रिङ अप्रेशन गरेर आज मङ्गलवार पक्राउ गरेको हो ।

हेटौँडा ४ कमलडाँडामा रुकमणि न्यौपानेको घरको तेस्रो र चौथो तला भाडामा लिइ कुलदीप पाठकले सूर्यप्रसाद टेक्नोलोजी प्राइभेट लिमिटेड नामक कम्पनी सञ्चालन गरेर अनलाइन जुवा खेलाउँदै गर्दा उनीसहित अन्य ११ जना पक्राउ परेका हुन् । 

प्रहरीले पाठकसँगै हेटौँडा ९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौँडा ४ कमलडाँडाकै २४ वर्षीय राजीव गौतम, हेटौँडा १४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौँडा १२ पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी ४ मसिनेका २० वर्षीय जोसिल खत्रीलाई पक्राउ गरेको हो । यस्त गोरखा पालुङटार ७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, अमोश तामाङ र बारा निजगढ ४ का २० वर्षीय अर्पण खड्कालाई पनि पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । 

उनीहरूको साथबाट अनलाइन जुवा खेल्न प्रयोग भएका विभिन्न कम्पनीका एक सय १० थान मोबाइल, तीन थान ल्याप्टप, पाँच थान कम्युटर र नगद एक लाख ४५ हजार ७५ रुपैयाँ बरामद भएको छ । पक्राउ परेकामाथि म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

यसरी मकवानपुर प्रहरीलाई अनलाइनमार्फत हार–जित हुने गरी जुवा खेल्ने गिरोह नै पक्राउ गरेको पछिल्लो केही वर्षयताकै ठूलो सफलता हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP