Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

सीमावर्ती जंगलमा नेपालीको हत्या, भारतीय वनरक्षकले गोली चलाएको आशंका

काठमाडौं : बर्दियाको सीमावर्ती जंगलमा निगुरो टिप्ने गएका एक नेपालीको गोली हानी हत्या भएको छ।

गुलरिया नगरपालिका-३ बनकट्टा गाउँका ५४ वर्षीय हेमराज गोडियाको हत्या भएको बर्दियाका डिएसपी सूर्यप्रकाश सुवेदीले थाहा खबरलाई जानकारी दिए। उनका अनुसार गोली कसले र किन चलायो भन्ने बारेमा खुलिसकेको छैन।

बिहीबार साँझ निगुरो टिप्न एक्लै जंगल गएका हेमराजले आफूलाई गोली लागेको कुरा परिवारलाई फोन गरेर सुनाएका थिए। लगत्तै परिवारले खोज्न जाँदा खुट्टामा गोली लागेको अवस्थामा फेला पारेका गोडियाका परिवारलाई उद्धृत गर्दै डिएसपी सुवेदीले बताए।

डिएसपी सुवेदीले भने, ‘उनले परिवारलाई आफूलाई गोली लागेको भनेर खबर गरे पनि कसले गोली चलायो भनेका रहेनछन्।’

‘दाहिने खुट्टाको तिघ्रामा गोली लागेका उनलाई परिवारले घर ल्याएर, एम्बुलेन्समा स्थानीय अस्पताल लगेका थिए’, डिएसपी सुवेदीले मृतकका परिवारलाई उद्धृत गर्दै भने, ‘अस्पताल पुर्‍याउँदा राति ११ बजे मृत घोषणा गरिएको रहेछ।’

उनका अनुसार गोडियाको शवमा दाहिने खुट्टामा गोली लागेको जस्तो घाउ देखिएको छ। गोडियाको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको अस्पतालले बताएको प्रहरीले जनाएको छ। गोडियाको शव पोष्टमार्टमपछि शुक्रबार नै अन्त्येष्टिका लागि परिवारले लगेका छन्। 

घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ। घटनास्थल आसपासका स्थानीय कसैले पनि गोली चलेको आवाज नसुनेको बताएको डिएसपी सुवेदीले जानकारी दिए।

घटनास्थल भारतीय वन्यजन्तु आरक्ष भएका कारण भारतीय वनरक्षकले गोडियामाथि गोली प्रहार गरेको हुन सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP