Trending
flash राधा कोरीको निधनमा एमाले विजयनगरद्वारा शोक तथा श्रद्धाञ्जली flash शिवराज साझेदारी वन उपभोक्ता समूहको आठौँ साधारणसभा  flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी

शिशु चोरी गर्ने महिला पक्राउ

जनकपुरधाम : जनकपुरबाट अपहरणमा परेका ३ वर्षीय शिशुलाई प्रहरीले दुई सातापछि उद्धार गरेको छ।

अपहरणमा परेका भारत सीतामढी बैरगनिया प्रखण्ड घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-७ भमरपुराचोकस्थित एक घरमा डेरा बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गरेको हो।  

शिशु अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका-४ बस्ने ५५ वर्षीया मैथुन खातुन रहेकी छन्।

उनलाई घरबाटै मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए। गत असार ६ गते बिहान घरअगाडि खेल्न कोठाबाट बाहिर निस्केको शिशु बेपत्ता भएको थियो।

प्रहरीलाई जानकारी हुनेबित्तिकै शिशुको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा अपहरणमा संलग्न महिलालाई घरबाटै पक्राउ गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP