Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

विद्यार्थी कुट्ने प्रिन्सिपल पक्राउ

बागलुङ :बागलुङको बुर्तिबाङमा प्रिन्सिपलको कुटाइबाट एक विद्यार्थी गम्भीर घाइते भएको घटना बाहिर आएपछि प्रहरीले प्रिन्सिपललाई पक्राउ गरेको छ।

ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ स्थित न्यू मोडर्न एकेडेमीमा कक्षा ९ मा अध्ययन गर्ने तमानखोला गाउँपालिका वडा नम्बर २ भयरबोङ्गाका १५ वर्षीय हिक्मत विक प्रिन्सिपल दीपक कुँवरको कुटाइबाट असार २२ गते गम्भीर घाइते भएका थिए।

उक्त घटना बाहिर आएपछि प्रहरीले दीपक कुँवरलाई प्रहरीले बुर्तिबाङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

घाइते विकको शरीरमा चोट नभए पनि टाउको र शरीरका विभिन्न अंगमा नीलडाम छन्। टाउकोमा ठूलो चोट पुगेको हुँदा उनलाई रिँगटा लागेर उठ्न नसक्ने भएको विककी आमा मन्सरा विकले जानकारी दिइन्।

विद्यार्थी विकको उपचारका लागि परिवारले पोखरा लगेको छ। घटनाको विषय बिहीबार मात्रै सार्वजनिक भएको हो। घटनाको अनुसन्धानका लागि प्रिन्सिपललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP