काठमाडाैं : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीले पीडित केन्द्रित भएर आयोगले बेपत्ता भएका मानिसको अनुसन्धान गरिरहेको बताएका छन्।
आइतवार काठमाडौंमा भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ विधेयक संशोधन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष सुवेदीले सरकारले बेपत्ता भएका व्यक्तिको सत्यतथ्य पत्ता लगाएर हराएको हो भन्ने कुराको निर्णय गर्नुपर्ने र सत्य नबुझी गैर जिम्मेवार बन्नु नहुने बताए।
उनले ऐनमा पीडक भन्ने भाषा राख्नेबित्तिकै हामी आतंकित हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै पीडितलाई राज्यको संविधानले भनेबमोजिमका हक, अधिकार दिनमा कञ्जुस्याई गर्नु नहुने बताए।
उनले अहिले आयोगमा ३ हजार २८९ वटा बेपत्ताका उजुरी रहेको जसमध्ये ८८७ वटा फर्स्याेट गरिसकेको बताए। बाँकी २ हजार ४९८ वटा उजुरीका सम्बन्धमा ४ जना आयुक्तलाई ७ वटै प्रदेशमा विभाजन गरी छानबिन भइरहेको स्पष्ट पारे।
उनले भने, ‘बेपत्ता भएका व्यक्तिको सत्यतथ्य पत्ता लगाउनु पर्छ। त्यसैले राज्यले गैर बेपत्तालाई गैर जिम्मेवार कुरा भन्न सक्दैन। बेपत्ता छ भने कहाँ कसरी ? सबै भन्नुपर्छ। नभए पचासौँ वर्ष खोजी हुन्छ। पीडक पत्ता लागेन कसले बेपत्ता पारेको हो भनेर पीडितलाई माया मारेर हिँड्ने हो र हामीले ? ऐनमा पीडक भन्ने भाषा राख्नेबित्तिकै हामी आतंकित हुनुपर्ने अवस्था छ र ? निश्चित रुपमा छैन।’
अध्यक्ष सुवेदीले २ हजार ४९८ बेपत्ता पारिएका परिवारमध्ये अहिलेसम्म १ हजार ३२१ परिवारका ३ हजार ९९३ जनालाई परिचयपत्र दिइसकेको बताए। उनले बेपत्ता परिवारका सदस्यहरुले आफ्नो पालिकामा गएर संविधानले तोकेका हक अधिकार माग्न पनि आग्रह गरे।
आयोगले सशस्त्र द्वन्द्वको बेलामा हराएका व्यक्तिको सत्यतथ्य छानबिन गरेर उनीहरुलाई निःशुल्क स्वास्थ्य, शिक्षाको ग्यारेन्टी गर्ने काम गरिरहेको पनि उनले उल्लेख गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया