काठमाडौं : घुस प्रकरणमा पक्राउ परेका महोत्तरीका एक प्रधानाध्यापकसहित दुईजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दर्ता गरको छ।
आयोगले श्री माध्यमिक विद्यालय एकडाराका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
मण्डल र पासवानले विद्यालयको खेलकुद मैदान स्तरोन्नतिको क्रममा अवरोध गरी विभिन्न बहानामा सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत जेठ १९ गते पक्राउ परेका थिए। उनीहरुविरुद्ध जनही ५० हजार बिगो कायम गरी कैद तथा जरिवानाको सजाय हुन माग गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया