गुल्मी : गुल्मीमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ का ५९ वर्षीय लक्ष्मण बलामीले सोही स्थानकी ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने प्रयास गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
बलामीले असार ३२ गते साँझ करिब ७ बजेको समयमा जबरजस्ती करणी गर्ने प्रयास गरेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको खरेलले बताए।
असार ३१ गते मदाने गाउँपालिका वडा नम्बर ६ की २५ वर्षीय शान्ता केसीको घरबाट सुनको सिक्री चोरी गर्ने उज्वल केसीलाई प्रहरीले पक्राउ गरेको छ।
सोही स्थानका २० वर्षीय केसीले १ तोला १० लालको सिक्री चोरी गरेकाले निजलाई इलाका प्रहरी कार्यालय पुर्कोटदह गुल्मीले पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको र थप अनुसन्धान जारी रहेको खरेलले बताए।
जिल्ला प्रहरी कार्यालय गुल्मीले रेसुंगा नगरपालिका वडा नम्बर २ की सीता परियारको मोबाइल हराएको र धुर्कोट गाउँपालिका वडा नम्बर ४ का चेतनारायण पोखरेलको मोबाइल हराएको प्रहरीमा निवेदन दिएकाले खोजतलास गर्दा फेला परेकाले बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया